Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


अनुरोध कवि - घनश्याम अस्तित्व (उदाहरण समुह दाङ)

शीर्षक - अनुरोध कवि - घनश्याम अस्तित्व
(उदाहरण समुह दाङ)

पठाउनु, दुख्नलाई यो छाँती अँझै बाँकी छ मूल जस्ता आँखाहरू र मैन जस्तो मन छ तिम्रा दु:खहरू पठाउनु । अँझै बगर भइसकेका छैनन् - यी ओँठहरू कुनै बेमौषमी सु:खको उपहार दियो भने जिन्दगीले एक थान मुश्कान मुश्कुराउला म पठाउनु, तिम्रा खुशीहरू पठाउनु । म आफै मजदुर बनुला या थपुला एक-दुई इटाहरू तिम्रा नयाँनयाँ योजनाहरू पठाउनु । खबर पठाउनु, तिमीले हिँड्न नसकेका दु:खका सबै बाटाहरू म हिँडुला अभाबका रित्ता बाकसहरू पठाउनु केही न केही राखेर - फिर्ता पठाउला सहेरै ज्युँदो छु - अरू सहन्छु ! पठाउनु, बरू पठाउनु छुरा जस्ता तिम्रा बचनहरू मायाले सञ्चय गरेर राखुला - हृदयको खोपीमा पठाउनु, हिँड्न नसकेका यात्राहरू - म हिँडुला देख्न नसकेका दुश्यहरू - म हेरूला पुग्न नसकेका गन्तब्यहरू - म टेकुला एकथोक मात्रै नपठाउनु, मृत घोषीत गरेर हिँडेको मान्छे तिमीले जन्मदिनको शुभकामना नपठाउनु ।


मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला
आशा छ हामिलाई ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस








Comments

Trending Here

Jadai Chhu Paltan ma Chords With Lyrics By Gloomy Guys Hamro Gallery जादैँ छु पल्टनमा

Adhi bato hide pachhai (आधी बाटो हिडे पछि) Uday / Manila sotang WITH chords and lyrics

Paltan ko Jagir Lyrics & Chords

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host