Posts

Showing posts with the label sangeet magar

Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


Selfie Expert Contest- Winner Published...

Hello Everyone, Finally we have a winner for the season (contest) of "Selfie Expert Contest", Sangeet Magar. Who have getting 135 Votes out of 269 (50.2%). Congratulations Miss. Where We have to got 1st & 2nd Runner up Ms Puspa KC and karan Gharti Magar respectively. Thank you for the participation all of contestants. Thanks again,

Selfie Expert Contest (Hamro Gallery)

Selfie Expert Contest campaigned by Hamro gallery page.This is our first play campaign in facebook page "Hamro Gallery". Where contestants should published their own selfie photo. In this campaign, contestant would be winner who's Selfie got more likes and views. When we campaigned (play) this contest. Here we got some contestants. Contestant No. 01 Contestant No. 02 Contestant No. 03 Contestant No. 04 Contestant No. 05 Contestant No. 06

भ्रम - संगीत मगर (उदाहरण समूह दाङ) | Bhram Poet By Sangeet Magar

Image
"भ्रम" कवियत्री- संगीत मगर (उदाहरण समूह दाङ) व्यस्त बजार भन्दाको प...रको क्याफेमा भयो केही यस्तो की रोकियो नजर अनायासै तिमीमा मैले देखेँ-सिर्फ तिमीलाई देखेँ। मुस्कुरायौ तिमी चिरपरिचित मुस्कुरायौ सबै-सबै सुन्दरताहरु आकर्षणहरु अनुहारमा लिएर मुस्कुरायौ। सामुन्ने थियौ तिमी म स्पष्ट देख्दथेँ खैरा ति आँखाहरु -ठोक्किएर यि आँखासँग तेज भइदियो मुटुको गति। मैले हात बढाएँ तिमी तिर हात बढाएँ -उत्सुक्ताले -उमङ्गले -बेहद अनुरागले हात ठोक्किएपछि पो थाहा पाएँ हाम्रो बिचमा सिसा रहेछ। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस https://sajhagallery.blogspot.com/2017/08/bhram-kabita-bachan-by-sangeet-magar.html

Udaharan Samuha Dang (Ghoddaura Pahadma 17 Kabita ra 5 geet Program) Snaps with Group members

Image
 (उदाहरण समुह दाङ) घोडदाैरा पहाडमा १७ कविता र ५ गीत - ईभेन्ट फोटो फिचर

अनुरोध कवि - घनश्याम अस्तित्व (उदाहरण समुह दाङ)

Image
शीर्षक - अनुरोध कवि - घनश्याम अस्तित्व (उदाहरण समुह दाङ) पठाउनु, दुख्नलाई यो छाँती अँझै बाँकी छ मूल जस्ता आँखाहरू र मैन जस्तो मन छ तिम्रा दु:खहरू पठाउनु । अँझै बगर भइसकेका छैनन् - यी ओँठहरू कुनै बेमौषमी सु:खको उपहार दियो भने जिन्दगीले एक थान मुश्कान मुश्कुराउला म पठाउनु, तिम्रा खुशीहरू पठाउनु । म आफै मजदुर बनुला या थपुला एक-दुई इटाहरू तिम्रा नयाँनयाँ योजनाहरू पठाउनु । खबर पठाउनु, तिमीले हिँड्न नसकेका दु:खका सबै बाटाहरू म हिँडुला अभाबका रित्ता बाकसहरू पठाउनु केही न केही राखेर - फिर्ता पठाउला सहेरै ज्युँदो छु - अरू सहन्छु ! पठाउनु, बरू पठाउनु छुरा जस्ता तिम्रा बचनहरू मायाले सञ्चय गरेर राखुला - हृदयको खोपीमा पठाउनु, हिँड्न नसकेका यात्राहरू - म हिँडुला देख्न नसकेका दुश्यहरू - म हेरूला पुग्न नसकेका गन्तब्यहरू - म टेकुला एकथोक मात्रै नपठाउनु, मृत घोषीत गरेर हिँडेको मान्छे तिमीले जन्मदिनको शुभकामना नपठाउनु । मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Time - New Year Poet By Bishnu Sannyash | समय - नया वर्ष (उदाहरण समूह दाङ) कवि -विष्णु सन्न्यास

Image
समय - नया वर्ष उदाहरण समूह दाङ कवि -विष्णु सन्न्यास फर्केर याे समय जहावाट हिडेथ्याे उ कुनै दिन फेरि ठिक त्यहिँ ठाउँमा अाईपुगेकाे छ कति पटक पुग्याे हाेला उ अाफ्नै अायुकाे प्रथम वसन्त वाेकेर हिड्दा र कति पल्ट हेर्याे हाेला फर्किदा खाेलाहरूकाे मृत्युउत्सव मनाईरहेकाे समुन्द्रछेउ अाफ्नै मृत्युकाे अनुहार जस्ताे लाग्ने कति पटक चड्याे हाेला त्याे समुन्द्रकाे अन्तिम किनारमा दुव्दै गरेकाे बुढाे घाम कति पल्ट पुग्याे हाेला अाखाकाे वाकि सँसार टेक्न वाेकेर अाफ्नै रहरकाे ठेगाना कहिल्यै नपुगिने त्याे स्वर्गकाे उकालाे काेचेर अाफैले अाफैलाई अाफ्नै अायुकाे झाेलामा याे समयले अाफ्नाे जिवनकाे कथा भगवानहरूले छाेडिगएकाे मन्दिरकाेे रित्ताे अागन तर ईतिहासले अात्महत्या गरेकाे याे समयले अाफ्नाे प्रेमकाे पहिलाे गीत कुनै पुरानाे दरवार छेउमा उभिएर कहिल्यै लेखेन छेवैकाे अागनमा खसेका गुलाफका पाटहरू छाेएर मध्यरातमा जूनकाे समय चाेरेर कहिले सुनाएन कहिल्यै साेधेन मृत्युकाे कुरा र पनि मलाई सपनामा सुनाएर जाने... का...

अश्लील कविता - प्रेमको आदिम काल (नविन शर्मा ) - उदाहरण समूह दाङ

Image
कविता ----------------------------------- =नविन शर्मा उदाहरण समूह दाङ (प्रेमको आदिमकाल) १) मलाई ढुङ्गै ढुङ्गाको शहरमा मनको रक्तिम डुङ्गा चढेर सयर गर्न मन छ। हुनसक्छ म मनको तिर्खा मेट्न खाली खुट्टै हिँडु। तर मलाई मन्दिरमा जानू छैन किनकी त्यो देवताको शहर हो, देवताकै संसार हो। किनकी देवताहरु यो युग सम्म पनि नाङ्गै छन -मलाई भगवानको लाज हेर्न मन छैन। -------------------------------------------------------- २) त्यो भगवान अझै मन्दिर भित्र नाङ्गै छ। हो उस्कै लाज छोप्न एउटा युवती फुल चढाई रहेकी पनि छ। र मन्दिर परिसर मै एउटा शिव लिङ्ग थियो सरासर गई फुल र जल चढाई अनि ढोगी बाघको छाला बेरिएको - त्यो त चित्रकारले लाज छोप्न बनाईदिएको मात्र थियो। उस्लाई थाहै भएन - भगवानको पनि लिङ्ग काटिएको रहेछ। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

ईश्वर संग तिमिलाई कवि - नबिन शर्मा - उदाहरण समूह दाङ

Image
(ईश्वर सङ्ग तिमिलाई) कवि - नबिन शर्मा उदाहरण समूह दाङ जिन्दगिका रङ्गहरु त्यसैत्यसै उडिगए जस्तो कि - खडेरिले बोट को शोभा लुटेजस्तो आशाहरु बिलिन भए जस्तै समुद्रको गुरुत्वबलले हजारौ सपना बोकेको जहाज समुद्र् मै बिलिन गराएजस्तो मनोकाँक्षाहरु तुहिएर गए जस्तो कि बर्खाको झरीले फुललाई चुटेर परागहरु निखारे जस्तो। त्यो जुनले औशीमा आफ्नो शुन्दरता लुटाएजस्तो नदिले आफ्नै गर्भमा -पत्थर लुकाएजस्तो मलाई त अचेल - हरिया पातहरुको पनि बिश्वास लाग्दैन जस्तो कि कुनै दिन हावा आउँछ र उडाएर लैजान्छ अर्कै भुगोल तिर सपना हरु सपनामै हराईगए जसै ब्युझाईसङ्गै निन्द्रा हराए जस्तो एउटा दिन कुरेर भयानक डर सङ्ग भिडिरहेको रात जस्तै म पनि सब्बै सब्बै लुटाएर आफुलाई - तिमी लाई माग्न चाहन्छु। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Anurodh By Ghanashyam Astitwa

Image
Poetry : Anurodh Poet : Ghanshyam Astitwa Location : Ghoddaura Hill Dang Welcome to our Udaharan Samuha Dang, Hereby, we have a poet Ghanashyam Astitwa. His poetry is awesome words. If you want to play and like then please Like , share , comment , and subscribe to our channel for the further videos. Thanks much.

Bhram kabita bachan by Sangeet Magar | Udaharan Samuha Dang

Image
Hello everyone, We have a new Poet, Ms. Sangeet Magar Here, we got her new poetry from Udaharan Samuha Dang. She has beautiful passionate in poetry. We hope you guys like and enjoy this. Thank you. ----------------------------------------------- Plz. Subscribe to us for further videos. मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस Hamro Gallery

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host