Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


Time - New Year Poet By Bishnu Sannyash | समय - नया वर्ष (उदाहरण समूह दाङ) कवि -विष्णु सन्न्यास

समय - नया वर्ष
उदाहरण समूह दाङ
कवि -विष्णु सन्न्यास


फर्केर याे समय

जहावाट हिडेथ्याे उ कुनै दिन

फेरि ठिक त्यहिँ ठाउँमा अाईपुगेकाे छ

कति पटक पुग्याे हाेला उ
अाफ्नै अायुकाे प्रथम वसन्त वाेकेर

हिड्दा
र कति पल्ट हेर्याे हाेला फर्किदा
खाेलाहरूकाे मृत्युउत्सव मनाईरहेकाे समुन्द्रछेउ
अाफ्नै मृत्युकाे अनुहार जस्ताे लाग्ने
कति पटक चड्याे हाेला
त्याे समुन्द्रकाे अन्तिम किनारमा
दुव्दै गरेकाे बुढाे घाम
कति पल्ट पुग्याे हाेला अाखाकाे वाकि सँसार टेक्न
वाेकेर अाफ्नै रहरकाे ठेगाना
कहिल्यै नपुगिने त्याे स्वर्गकाे उकालाे
काेचेर अाफैले अाफैलाई अाफ्नै अायुकाे झाेलामा
याे समयले अाफ्नाे जिवनकाे कथा
भगवानहरूले छाेडिगएकाे मन्दिरकाेे रित्ताे अागन

तर ईतिहासले अात्महत्या गरेकाे
याे समयले अाफ्नाे प्रेमकाे पहिलाे गीत
कुनै पुरानाे दरवार छेउमा उभिएर कहिल्यै लेखेन
छेवैकाे अागनमा खसेका गुलाफका पाटहरू छाेएर
मध्यरातमा जूनकाे समय चाेरेर कहिले सुनाएन
कहिल्यै साेधेन मृत्युकाे कुरा
र पनि
मलाई सपनामा सुनाएर जाने...
काेहाे त्याे जसले याे समयकाे मृत्युकाे घाेषणा


मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला
आशा छ हामिलाई ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस



Comments

Trending Here

Jadai Chhu Paltan ma Chords With Lyrics By Gloomy Guys Hamro Gallery जादैँ छु पल्टनमा

Adhi bato hide pachhai (आधी बाटो हिडे पछि) Uday / Manila sotang WITH chords and lyrics

Paltan ko Jagir Lyrics & Chords

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host