Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


खोल सरकार आँखा खोल (शान्ति प्रीयवन्दना) WITH DR. GOVINDA KC

खोल सरकार आँखा खोल
शान्ति प्रीयवन्दना

देश कहिल्यै अन्धो थिएन 
रहने पनि छैन
देश कहिल्यै बहिरो थिएन
बन्ने पनि छैन
तर सरकार
सधैभरि अन्धो र बहिरो बन्दो रहेछ
यो आज सत्य सावित भएको छ ।
काजी भीम मल्ल मारिएका हुन्
सत्यको लागि
भिमसेन सेरिएका हुन्
स्वाभीमानको लागि
भिमदत्त काटिएका हुन्
गरिव निमुखाको लागि
योगमाया समाधिस्त भएकी हुन्
अस्मिताको लागि
हे अन्धो सरकार !
हे बहिरो सरकार !
तँ कहिलेसम्म अन्यायको तराजु समाएर हातमा
सिंहासनमा बिराजित हुने ?
कहिलेसम्म बीर बिरङ्गनाहरूले
रक्तआहुति गरिहने ?
सरकार !
तैले गोबिन्दलाई सुन
बोलिरहेका छन् गोबिन्द
तिम्रो भाषाको मामुली सिटामोलको कुरो
जो गाउँ, गाउँमा अभाव छ
उनले त मात्र चाहेका हुन
पुगोस् अस्पताल दूर दराजमा
र ज्यान बचोस् सुत्केरीहरुको
यी अस्पताल र उपचार केन्द्रहरू
नपरुन् माफियाको हातमा
र उपचार पाउन गरिव निमुखाहरूले ।
खोल सरकार खोल आँखा खोल
र अन्धो नभएको प्रमाण पेश गर
सुन सरकार सुन कानमा झिर राखेर सुन
र बहिरो नभएको प्रमाण पेश गर
एउटा हुंकार सुन
अब गोबिन्द एक्लो रहेनन्
हामी एक्लो हुन पनि दिने छैनौ
यो न्यायको लडाई हो
प्रत्यक हामी गोबिन्द बन्ने छौ
र सत्यको लागि लड्नेछौं ।
हेटौडा, २०७४ साउन २७ ।

Comments

Trending Here

Jadai Chhu Paltan ma Chords With Lyrics By Gloomy Guys Hamro Gallery जादैँ छु पल्टनमा

Adhi bato hide pachhai (आधी बाटो हिडे पछि) Uday / Manila sotang WITH chords and lyrics

Paltan ko Jagir Lyrics & Chords

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host