"""""""एउटा जिउँदाे मानिसकाे कथा"""""
कवि - बिष्णु सन्न्यास
,,,,,,,,,,,,,,,,,,,उ
जसले व्युझाउँछ हर समय
मृत्युकाे अाेछ्या्नवाट जीवनकाे गीत
,,,,,,,,,,,,,,,उ जसले
कहिल्यै बालेन याे माटाेकाे छातीमा विराेधकाे अागाे
,,,,,,,,,,,,,,उ जसले
कहिल्यै छेकेन भाेकाहरूकाे सपना हिड्ने याे सडक
,,,,,,,,,,,,,उ जसले
कहिल्यै पड्काएन कुनै धर्मविरुद्ध निस्तेजकाे वन्दुक
,,,,,,,,,,,,,उ जसले
कहिल्यै निकालेन मजदुरहरु उठाएर कुनै अनैतिक जुलुस
बरू
हिड्याे उ अरूकाे जिन्दगी बाेकेर
महल देखि सडकहरूसम्म
सडक देखि छाप्राे र छाप्राे देखि वालुवाका घरहरूसम्म
हिड्याे उ
जन्मिन वाँकी कैयाैँ अाँखाहरूकाे सपना वाेकेर
अाँशुका डरलाग्दा भीरहरू
र,,हिड्याे उ
अाफु अाफै रित्तिएर अरुकाे लागि
रित्ता पाईतलाहरूले समयका अन्तिम बगरहरू
बदलामा
पुर्याईएकाे छ उसलाई दर्दहरूकाे कालाे झ्यालखानामा
काेचारिएकाे छ उसका सत्यहरूलाई बन्द पिँजडाभित्र
र निषेध गरिएकाे छ उसले वाेकिहिँड्ने प्रेमकाे उज्यालाे धून
,,,,,,,,,,,,,
अन्तिममा याे कविताकाे अन्त्य यसरी हुन्छ
कि याे देशले उसकाे जिउदाे शरिरमाथि अागाे
लगाउनु पहिले नै
ब्युझनुपर्नेछ स्वयम् म भित्रकाे म
निदाएकाे अाफ्नै शून्य चेतनावाट,,,।
Comments
Post a Comment