Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


सत्य भन्नु कुनै नाबालकलाई सुनाएको जोक हो | Peom : City (शहर) by Poet : Bishnu Sannyash

Peom : City (शहर)


यो सहरमा
घाम उदाउने पहाडहरू छैनन् कुनै मालिकको
अग्लो विल्डिङले छेकिबस्छ घामको न्यानो


चराहरू खेल्ने कुनै हाँगाहरू पनि छैनन्
सधैं मेरो टाउकामै आची गरी भाग्छ
यो सहरको कालो काग

आमाको आँखामा देखिने गाउँको गोरेटोजस्तो
छैनन् यो सहरमा कुनै सुन्दर ठेगानाहरू
बरु
आफ्नै सपनाका लासहरू गन्हाएर दुर्गन्धित छ
प्रत्येक चोक र पार्कहरू

प्रेम भन्नु पसलको सामान हो बार्गेनिङ चल्छ यहाँ
धर्म भन्नु एकादेशको कथा हो सुन्न र सुनाउन मात्र काम लाग्छ
सत्य भन्नु कुनै नाबालकलाई सुनाएको जोक हो
जो सबैभन्दा सुपथ र सस्तो छ यस सहरमा

धुलो उडेर कोठाको झ्याल छेकिन्छ
उता चस्माको पावर बढाउन आदेश दिन्छ सरकार
दिमागभरि म्याराथन दौडिन्छ समयको
तर, खुट्टाले नाबालकको भकुन्डो खेलिबस्छ
यहाँको मानिस

जति आफूमात्र शक्तिशाली छु भने पनि
जति आफूमात्रै मालिक हुँ भने पनि
सत्य यो पनि हो
कि जतिन्जेल म यहाँ बस्छु
ओ प्रिय सहर
त्यतिन्जेल म पनि तँसँग हारेर बस्नेवाला छैन !

Comments

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host